फाइल तस्बिर / रासस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार) पनि अवरोध गर्ने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको हो।
‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी नै छ। झारा टार्ने समिति मानेका छैनौँ,’ बैठकपछि सांसद हरि ढकालले भने, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म आन्दोलन जारी रहन्छ।’
प्रकाशित: १४ असार २०८२ ११:३८ | Saturday, June 28, 2025
प्रतिक्रिया




