
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रवक्ता मनिष झाका अनुसार बिहान ९ बजे बैठक संघीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ ।
प्रतिनिधिसभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो। सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।
प्रकाशित: १४ असार २०८२ ८:२५
प्रतिक्रिया