एकीकृत समाजवादीको निष्कर्ष : माधव नेपालमाथि प्रतिशोध साँधियो

हिमाल प्रेस १३ असार २०८२ १९:२७
14
SHARES
एकीकृत समाजवादीको निष्कर्ष : माधव नेपालमाथि प्रतिशोध साँधियो फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झुटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे। उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे।

त्यस्तै उनले अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका विषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए। बैठकले उखु किसान उत्पादकलाई दिँदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथाशीघ्र मल बितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने विपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसँग माग गरेको प्रवक्ता ज्वालाले बताए। बैठक शनिबार पनि बस्ने ज्वालाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast