पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्कीयो

हिमाल प्रेस १३ असार २०८२ ९:२५ | Friday, June 27, 2025
पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्कीयो

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठक्कीँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन्।

जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा कोक्कीएका हुन्।

सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १३ असार २०८२ ९:२५ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast