३१९ किलो चरेससहित ट्रक चालक पक्राउ

हिमाल प्रेस १३ असार २०८२ ५:५४ | Friday, June 27, 2025
३१९ किलो चरेससहित ट्रक चालक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

पर्सा- पर्सा प्रहरीले ३१९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ। काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका सूचनापछि नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिए।

‘ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस फेला पारेका छौँ’,उनले भने, ‘चालकको साथबाट एक लाख ९२ हजारसमेत बरामद गरेका छौँ।’

चालक स्याङ्तानलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०८२ ५:५४ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast