फिल्म ‘पीआर’ को टिजर सार्वजनिक

हिमाल प्रेस १२ असार २०८२ १७:०५ | Thursday, June 26, 2025
फिल्म ‘पीआर’ को टिजर सार्वजनिक

काठमाडौँ– फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो।

टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष र नेपालमा परिवारको पीडा एउटा समसामयिक विषय देखाइएको छ।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, विमला खत्री आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ।

विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक शोभित बस्नेत हुन्। फिल्मको कथा पनि उनले नै लेखेका छन्।

फिल्मका निर्माताका ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा छन्।

फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, सौरभ सायमी (अस्ट्रेलिया), सौरभ लामा (नेपाल) को छायांकन र बन्दे प्रसादको सम्पादन छ। फिल्मको छायांकन अष्ट्रेलियामा गरिएको हो।

प्रकाशित: १२ असार २०८२ १७:०५ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast