
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै लागू औषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका छन्।
बिहीबार काठमाण्डौँमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धकोअन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
‘हामी लागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गर्नेछौँ,’ गृहमन्त्री लेखकले भने, ‘गृहमन्त्रालयले लागू औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएको छ।’
लागू औषधसेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइमलगायतका घटनाहरु हुने गरेको उनले बताए।
‘मुख्य विषय भनेको यसको रोकथामन हो। जनचेतनामहत्वपूर्ण विषय हो। लागूऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले प्रभावित गरेको छ,’ लेखकले भने, ‘लागूऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।’
लागूऔषधनियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।
‘एक लाख ३४ हजार जना लागूऔषध सेवनककर्ता रहेको तथ्यांक छ। समाज नराम्रोसित प्रभावित हुँदैछ,’ उनले भने, ‘मुलुकभरका कारगाराका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामालागूऔषध दुव्र्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसकोअवस्था प्रष्ट हुन्छ।’
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो।