संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन सरकार गम्भीर छ : गृहमन्त्री

हिमाल प्रेस ११ असार २०८२ १५:२५ | Wednesday, June 25, 2025
संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन सरकार गम्भीर छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारको तर्फबाट कुनै ढिलाई हुन नसक्ने बताए।

उनले प्रहरी प्रशासनको नीतिगत कानुनी र संरचनागत परिमार्जनका लागि ल्याइएको प्रहरीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको बताए।

लेखकले यही महिनाभित्र विधेयकलाई टुंग्याएर सदनमा लैजाने अवस्था बनाउन समितिलाई आग्रह गरे। विधेयकका सन्दर्भमा समितिमा भएको छलफल र निष्कर्षलाई सरकारले स्वीकार गर्ने उनले बताए। मन्त्री लेखकले नागरिकतासम्बन्धी विधेयक पनि छिटै पारित हुने उल्लेख गरे।

बैठकमा समिति सदस्यहरुले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ११ असार २०८२ १५:२५ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast