विधान महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस ११ असार २०८२ ६:४० | Wednesday, June 25, 2025
विधान महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ।

विधान महाधिवेशनको तयारीमा थालेको छ। भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

एमालेको यो विधान महाधिवेशनमा मुख्य गरी विधान संशोधनको विषयमा चर्को बहस हुने देखिएको छ। पार्टीभित्र कार्यकारी पदमा रहने उमेर हद राख्ने वा नराख्ने, दुई कार्यकाल तोक्ने वा नतोक्नेलगायत विषयमा बहस हुन थालिरहेको छ।

प्रकाशित: ११ असार २०८२ ६:४० | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast