मिस नेपालका लागि आवेदन खुला

हिमाल प्रेस १० असार २०८२ २१:४० | Tuesday, June 24, 2025
मिस नेपालका लागि आवेदन खुला

काठमाडौँ- मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारीसमेत गराएको छ।

मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ। मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो गरी प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछन्।

‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कोस्मो’मा सहभागी हुन पाउनेछन्। आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न सहरमा पुग्नेछ। त्यहाँबाट छानिएका सुन्दरीहरुले ग्रान्ड फिनालेका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।

प्रकाशित: १० असार २०८२ २१:४० | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast