काठमाडौँ- सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्व मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ।
यो समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ।
प्रकाशित: १० असार २०८२ ८:०५ | Tuesday, June 24, 2025
प्रतिक्रिया



