ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल तथा रिर्सोटमा विशेष छुट

हिमाल प्रेस ९ असार २०८२ २०:५१
ग्लोबल आईएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल तथा रिर्सोटमा विशेष छुट

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताहरूका लागि आईएमई हस्पिटालिटी र इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ।

यस सम्बन्धमा बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्फर्ट एन्ड रिसोर्ट प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा ‘ग्लोबल स्मार्ट प्लस’ मोबाईल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटीअन्तर्गत सञ्चालनमा रहेका होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

आईएमई समूहद्वारा सञ्चालित होटल र रिसोर्टहरूमा काठमाडौँको होटल ले हिमालय लाजिम्पिाट, साके एन्ड फेङ रेस्टुरेन्ट, बाग्लुङको इला कम्फर्ट, गैँडाकोटको इला होटल एन्ड रिसोर्ट र पोखराको लेकसाइड रिट्रिट हुन्।

ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई समय सान्दर्भिक छुट योजनामार्फन निरन्तर लाभान्वित गराउँदै आएको जनाएको छ।

प्रकाशित: ९ असार २०८२ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast