भिजिट भिसा प्रकरण छानबिन गर्न समिति बनाउन माओवादीको माग

हिमाल प्रेस ८ असार २०८२ १५:२४ | Sunday, June 22, 2025
भिजिट भिसा प्रकरण छानबिन गर्न समिति बनाउन माओवादीको माग नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्व छानविन समिति गठन गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको बिभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको दुई बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्व छानविन समिति गठन गर्न माग गरेका हुन्।

एक महिनाभित्र छानविन समिति गठन गर्ने प्रतिवद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाई नगर्न उनले आग्रह गरे। पाण्डेले भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे।

यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिवद्धता जनाउँदै सत्तापक्षले माओवादीसंग दुई बुँदे सहमति गरेको थियो। सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोके पनि रास्वपा र राप्रपाले भने छानविन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।

प्रकाशित: ८ असार २०८२ १५:२४ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast