रास्वपाले सुुरू गर्‍यो हस्ताक्षर अभियान

हिमाल प्रेस ७ असार २०८२ १५:४८ | Saturday, June 21, 2025
रास्वपाले सुुरू गर्‍यो हस्ताक्षर अभियान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विद्धको हस्ताक्षर अभियान सुरु गरेको छ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।

लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको सम्वद्र्धनका लागि सदनका साथै सडकमा आएर तेश्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरुले जनाएका छन्।

रास्वपा कार्यबहाक सभापति डीपी अर्यालले देशका लागि धेरै काम गर्दा रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए। भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिनुपर्ने उल्लेख गरे।

अर्यालले १२ लाखभन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरु खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर गरे।

उनले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थिति भए अहिले भ्रष्टाचार गर्नेहरु देश छाडेर भाग्ने अवस्था आउने बताए।

यसैबीच शनिबार नै बसेको रास्वपा केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ भने कार्यवाहक प्रवक्ताका रुपमा रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रकाशित: ७ असार २०८२ १५:४८ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast