अभिनेत्री रेखाको ‘उपहार’ युट्युबमा

हिमाल प्रेस ६ असार २०८२ १७:०० | Friday, June 20, 2025
अभिनेत्री रेखाको ‘उपहार’ युट्युबमा

काठमाडौँ- अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार: द जर्नी अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

२०८० साल फागुन २५ मा प्रदर्शन भएको थियो। फिल्मले हलमा सन्तोषजनक व्यापार गर्न सकेन। ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म सामाजिक कथामा आधारित छ।

काठमाडौँको सडकमा व्यापार गर्नेको कथामा आधारित फिल्म प्रेम, रोदन, खुसी, पीडा र कमेडी मिश्रित छ। फिल्ममा रेखासहित मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ।

यस्तो छ फिल्म

 

प्रकाशित: ६ असार २०८२ १७:०० | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast