
काठमाडौँ- फिल्म ‘रङ डेस्टिनेसन २’ को ‘ब्रेक डान्स’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम कथामा आधारित डान्सिङ गीतको भिडियोमा आयशा तामाङ र किरण श्रेष्ठकाे नृत्य देख्न सकिन्छ।
रोशनी थापा मगरको कोरियोग्राफी रहेको गीतकाे भिडियाे मुस्ताङमा छायांकन गरिएको हो। गीतमा समीक्षा अधिकारी र ओम सुनारको स्वर छ। मुना शाहको शब्द रहेको गीतमा गायक सुनारले संगीत भरेका छन्।
सीमा गुरुङले निर्देशन गरेको फिल्म फुलमुन मोसन फिक्चर्सको ब्यानरमा निर्माण भएको छ। फिल्ममा किरण र आयशासहित कालु राणा, आकी थेक्पा, सुगन तन्दुकार, उज्जवल, सञ्जय थापा, सकल रेग्मीलगायत कलाकारको अभिनय छ।
हरर तथा थ्रिलर जनरामा बनेको फिल्मका निर्माता समाइरा तन्दुकार र शर्मिला लामा हुन्। सञ्जय थापाको द्वन्द्व निर्देशन रहेको फिल्ममा रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ।
फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन। विदेशका विभिन्न फेस्टिभल सहभागि पछि नेपालमा प्रदर्शन गर्ने निर्देशक सीमा गुरुङले बताइन्।