त्रिदेशीय टी-२० : दुई जितपछि उत्साहित नेपाल आज स्कटल्याण्डसँग भिड्दै

हिमाल प्रेस ६ असार २०८२ ९:४२
30
SHARES
त्रिदेशीय टी-२० :  दुई जितपछि उत्साहित नेपाल आज स्कटल्याण्डसँग भिड्दै

काठमाडौँ- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड टोली आज आमनेसामने हुँदैछन्। खेल ग्लासगोमा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

शृंखलामा अहिलेसम्म नेपालले दुई खेल जितेको छ भने स्कटल्याण्डले एक खेलमात्र जितेको छ। स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराए पनि त्यसपछि नेपाल र नेदरल्याण्ड्ससँग पराजय बेहोरेको थियो।

नेदरल्याण्ड्ससँग सुपर ओभरमा हार बेहोरेपछि नेपालले लगातार दुई खेल जितेको हो, पहिलो स्कटल्याण्डविरुद्ध र दोस्रो बिहीबार नेदरल्याण्ड्सविरुद्ध।

टी-२० क्रिकेटमा नेपाल र स्कटल्याण्ड अहिलेसम्म दुईपटक भिडेका छन् जसमा दुवै टोलीले एक-एक जित बाँडेका छन्। अन्तर्राष्ट्रिय टी-२० मा भने मंगलबारको खेल पहिलो थियो। उक्त खेलमा नेपाल विजयी भएको थियो।

यसअघि लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा पनि नेपालले स्कटल्याण्डमाथि ४ मध्ये ३ खेल जितेको थियो। त्यसैले नेपाल आजको खेल पनि जित्दै शृंखला विजयी रूपमा टुंग्याउने लक्ष्यमा छ।

प्रकाशित: ६ असार २०८२ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast