वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुरसहित ९ जनामाथि मुद्दा

हिमाल प्रेस ५ असार २०८२ १९:०१ | Thursday, June 19, 2025
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुरसहित ९ जनामाथि मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरूद्ध मुद्दा दायर गरेको छ।

सवारी खरिदसहित निर्माण योजनाहरूमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन कार्यकारी निर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, सवारीचालक विक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साह, ठेक्केदार जितेन्द्र यादव र कार्यकारी निर्देशक ठाकुरकी पत्नी इन्दुलेखाकुमारी ठाकुरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

तत्कालीन कार्यकारी निर्देशक ठाकुरमाथि श्रीमतीको नाममा खरिद गरेको गाडीको पैसा सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको, गाडीको इन्धन र मोबलिको नाममा राज्यकोषको दुरुपयोग गरेको अख्तियारको आरोप छ।

अख्तियारले उनीहरूमाथि ५१ लाख ७१ हजार रुपैयाँ नोक्सान गरेको आरोप लगाए पनि आरोपितहरूमाथिको मागदाबी गरेको विगो रकम फरक–फरक छ।

वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ

प्रकाशित: ५ असार २०८२ १९:०१ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast