
काठमाडौँ- शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ।
फिल्ममा युवा पुस्ता विदेशमै स्थापित भएपछि गाउँमा वृद्ध/वृद्धाले भोगिरहेको एक्लोपन र जीवनका कठिन मोडहरूलाई कलात्मक ढंगले चित्रण गरिएको छ।
कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतको अभिनय गरेका छन्।
किरण श्रेष्ठ र सन्दीप श्रेष्ठले सम्पादन गरेको फिल्म निराजन सेंधाइको छायांकन, बिपिन स्थापितको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रंग संयोजन, रोमन बज्राचार्यको पाश्वर्य संगीतमा बनेको छ।
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति रहेको म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक भएको हो।
यस्तो छ लघु फिल्म
प्रकाशित: ५ असार २०८२ १८:०८
प्रतिक्रिया