तयार भयो ग्वार्को फ्लाइ ओभर, शुक्रबार उद्घाटन गर्ने तयारी

हिमाल प्रेस ४ असार २०८२ १५:१०
94
SHARES
तयार भयो ग्वार्को फ्लाइ ओभर, शुक्रबार उद्घाटन गर्ने तयारी ग्वार्को फ्लाइ ओभर

काठमाडौँ– संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को स्थित फ्लाइ ओभर निर्माणका सन्दर्भमा सरोकारवालासँग छलफल गर्ने भएको छ।

बुधबार समितिले फ्लाइ ओभरको स्थलगत अनुगमन गर्दै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो। यही शुक्रबार उद्घाटन गर्ने तयारी गरिएको ग्वार्को स्थित फ्लाइ ओभरको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ।

अहिले फ्लाइ ओभरमा रंगरोगन गर्ने र डिभाइडर राख्ने काम भइरहेको छ। फ्लाइ ओभर निर्माणका क्रममा सडक बत्ति, नागरिकको सुुरक्षा, सिसिक्यामरा लगायतलाई ध्यान दिएको नपाइएको समिति सदस्यहरुले जनाएका छन्।

समिति सभापति दिपकबहादुर सिंहले ग्वार्को स्थित फ्लाइ ओभर निर्माणका क्रममा भएका कमी कमजोरी सुधार गर्दै काठमाडौँका अन्य स्थानमा पनि फ्लाइ ओभर बनाउन सरकारलाई निर्देशन दिने बताए। करिब डेड वर्ष ढिलाई भए पनि फ्लाइ ओभर राम्रो बनेको पाइएको उनले बताए।

सो क्रममा माओवादी सांसद माधव सापकोटाले निर्माणको सुरुमा केहि जटिलता देखिएपनि अहिले समग्रमा ग्वार्को स्थित फ्लाइ ओभर सम्पन्न भएको पाइएको उल्लेख गरे। फ्लाइ ओभर निर्माणका क्रममा देखिएको कमीकमजोरीलाई सुधार गर्न सरोकारवालासँग छलफल गर्दै आवश्यक निर्देशन दिने उनको भनाइ छ।

सडक विभागले इपीसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो। समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको थियो। म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दे फ्लाइ ओभरलाई अन्तिम चरणमा प¥याएको हो।
फ्लाई ओभर सञ्चालनमा आएपछि त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता पुग्ने विश्वास लिइएको छ। विशेषगरी ग्वार्को चोकमा सवारीसाधान लामो समयसम्म कुर्नुपर्ने समस्या फ्लाइ ओभर सञ्चालनपछि अन्त्य हुनेछ।

प्रकाशित: ४ असार २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast