निर्देशक सुदर्शनकाे ‘शुभ विवाह’ मा जाेडिए प्रदीप 

हिमाल प्रेस ४ असार २०८२ १०:२९ | Wednesday, June 18, 2025
निर्देशक सुदर्शनकाे ‘शुभ विवाह’ मा जाेडिए प्रदीप 

काठमाडौँ- निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्।

निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्तासहित कलाकारको नाममा प्रदीप खड्का उल्लेख गरेका छन्। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो।

निर्देशक थापाले फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम सार्वजनिक गरिएको थिएन।

‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक फिल्म रहेको टिमको दाबी छ। ‘फिल्मले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई दर्शाउने छ’ निर्देशक थापाले भने। फिल्ममा अन्य कलाकार फाइनल भइसकेका छैनन्।

प्रकाशित: ४ असार २०८२ १०:२९ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast