कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

हिमाल प्रेस ३ असार २०८२ १५:५६ | Tuesday, June 17, 2025
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ-  सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बुधबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

सचिव पौडेलले सोमबार बिहान निधन भएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको बताए।

‘दिवंगत शास्त्रीप्रति शोक प्रस्ताव पारित गर्नुपर्ने भएकाले बैठक बोलाइएको छ, त्यसैले आकस्मिक भनिएको हो,’ उनले भने।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शास्त्रीको सोमबार उपचारको क्रममा सिनामंगलस्थित केएमसीमा निधन भएको थियो। उनको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ।

प्रकाशित: ३ असार २०८२ १५:५६ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast