फिल्म निर्देशनमा ‘बल्छी धुर्बे’ काे डेब्यु, नाम राखे ‘गोबर गणेश’ 

हिमाल प्रेस ३ असार २०८२ १५:३५ | Tuesday, June 17, 2025
फिल्म निर्देशनमा ‘बल्छी धुर्बे’ काे डेब्यु, नाम राखे ‘गोबर गणेश’ 

काठमाडौँ- टेलिसिरियलका कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्देशन गर्ने भएका छन्। उनले ‘गोबर गणेश’ नामक फिल्म  बनाउने भएका छन्।

उनले चलचित्र विकास बोर्डमा फिल्म निर्माणको इजाजत लिएका छन्। फिल्म बल्छी धुर्बे फिल्म्सले निर्माण गर्न लागेको हो। यसकाे औपचारिक घोषणा भएकाे छैन्।

सोसल र कमेडी जनरामा बन्ने फिलमको बजेट दुई करोड रूपैँया तोकिएको छ। फिल्मको टाइटल, कलाकार र  थिम पोस्टर केही दिनपछि सार्वजनिक गर्ने टिमको तयारी छ।

‘मेरी बास्सै’ बाट चर्चामा आएका बल्छीधुर्बे पछिल्लो समय ’हल्का रमाइलो’ र ’जुठे’ सिरियलको मुख्य भूमिकामा अभिनय गरिरहेका छन्। सिरियल चर्चित छ।

प्रकाशित: ३ असार २०८२ १५:३५ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast