साईग्रेसकाे पुस्तक ‘द स्टोरीटेलर’ विमाेचन

हिमाल प्रेस ३ असार २०८२ १२:०४ | Tuesday, June 17, 2025
साईग्रेसकाे पुस्तक ‘द स्टोरीटेलर’ विमाेचन

काठमाडौँ- कथा वाचक साईग्रेस पोखरेलले पुस्तक ‘साईग्रेसः द स्टोरीटेलर’ विमोचन गरेका छन्। आफ्नो १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा उनले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा उनले आफ्नो कथा वाचन यात्रा र उपलब्धिहरूलाई समेटेका छन्।

कार्यक्रममा नेपाली वरिष्ठ सांगीतकर्मी तथा लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, संगीतकार मनोजराज शिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसीलगायत विशिष्ट व्यक्तिहरू उपस्थिति थिए।

पुस्तकमा कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसले प्रस्तुतको अविस्मरणीय क्षणहरूलाई पनि समेटिएको छ। पुस्तक उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ मा पनि आधारित छ। जुन युट्युबमा छ।

पुस्तकमा साईग्रेसले आफ्नो कथा वाचन यात्राका व्यक्तिगत अनुभव, आत्म निरीक्षण र दर्शकहरूसँगको अन्तरक्रियाका मर्मस्पर्शी कथाहरू समेटेको बताए। एक श्रोताले उनको एउटा कथा सुनेर आत्महत्याको विचार त्यागेर आशाको नयाँ किरण पाएको बताउँदाको शक्तिशाली क्षण पनि पुस्तकमा समेटेको उनले सुनाए।

प्रकाशित: ३ असार २०८२ १२:०४ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast