फ्लाई नेपाले रद्द गर्‍याे कमेडी दरबार टिमको ‘अब हाँस्छ अमेरिका २’ टुर

हिमाल प्रेस २ असार २०८२ १२:५२ | Monday, June 16, 2025
फ्लाई नेपाले रद्द गर्‍याे कमेडी दरबार टिमको ‘अब हाँस्छ अमेरिका २’ टुर

काठमाडौँ- फ्लाई नेपाले यसवर्षको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको छ। अब हाँस्छ अमेरिका २ का कलाकार टोलीले उस्तै अर्को कार्यक्रमका लागि अमेरिका जाने सम्झौता गरेको भन्दै फ्लाई नेपाले कार्यक्रम रद्द गरेको हो।

अब हाँस्छ अमेरिका २ का टिममा कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी र सुजिता श्रेष्ठ थिए। उनीहरू उस्तै अर्को कार्यक्रममा लागि अमेरिका आउने जानकारी पछि एक विज्ञप्ति जारी गर्दै फ्लाई नेपाले ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको बताएको छ।

‘अब हाँस्छ अमेरिका २ का कलाकारको टोलीले उस्तै अर्को कार्यक्रमका लागि अमेरिका आउने सम्झौता गरेको कुराले हामीलाई आश्चर्यचकित बनाएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘कलाकारको स्व. निर्णयको अधिकारलाई सम्मान गर्दै हामीले अब हाँस्छ अमेरिका २ का लागि सम्झौता गरेका कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठको फ्लाई नेपासँगको सम्झौता यही मितिबाट रद्द गरिएको जानकारी गराउन चाहान्छौँ। यसले कार्यक्रमको प्रतीक्षामा बस्नु भएका सम्पूर्ण दर्शकहरुमा पर्न गएको असुविधाप्रति माफी माग्दछौँ।’

फ्लाई नेपाले हास्य, गायन, साहित्य विधालाई समेटेर सन् २०२४ देखि अब हाँस्छ अमेरिका, अब नाच्छ अमेरिका, अब अब सुन्छ अमेरिका, अब गाउँछ अमेरिका नामक कार्यक्रममार्फत त्याहाँका दर्शकलाई मनोरञ्जन गराइरहेको छ।

प्रकाशित: २ असार २०८२ १२:५२ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast