यस्तो छ ‘रियाल रिङ्गेट’ को टिजर

हिमाल प्रेस २ असार २०८२ १४:४७
6
SHARES
यस्तो छ ‘रियाल रिङ्गेट’ को टिजर

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको यथार्थ कथामा आधारित फिल्ममा नेपाली युवाको सपना, संघर्ष र बिछोडको पीडा प्रस्तुत गरिएको छ।

नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन्?, परिवारसँगको वियोग र विदेशमा उनीहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ। टिजरमा प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिहरूको फन्दामा परेका युवाको मार्मिक दृश्यहरू देखाएको छ।

फिल्म आगामी साउन १६ मा देशभर प्रदर्शन हुनेछ। विभोर पोखरेलको निर्देशनमा बनेको फिल्ममा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायत कलाकारको अभिनय छ। फिल्मको कथा प्रदीप भारद्वाजले लखेका हुन्।

फिल्मको नाम कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट राखिएको छ। यसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई संकेत गर्ने निर्माण टिमले जनाएको छ।

बिदेसिएका नेपाली युवाको कथामा ‘रियाल रिङ्गेट’, साउन १६ देखि प्रदर्शन

रेबेल फिल्म्सले निर्माण गरेको फिल्मका निर्माता गगनलाल प्रधान हुन्। हरि घलेको छायांकन र विपिन मल्लको सम्पादनमा बनेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी, रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहनेछ।

फिल्म भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा छायांकन गरिएको हो।

प्रकाशित: २ असार २०८२ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast