इलामको फिक्क्ल नमुना माविमा १५ दिने अभिनय कार्यशाला सुरू

हिमाल प्रेस २ असार २०८२ ११:१० | Monday, June 16, 2025
इलामको फिक्क्ल नमुना माविमा १५ दिने अभिनय कार्यशाला सुरू

काठमाडौँ- इलाममा १५ दिने अभिनय कार्यशाला सुरू भएको छ। सूर्योदय नगरपालिका-१० स्थित फिक्क्ल नमुना माध्यमिक विद्यालयका कक्षा ६ देखी १० कक्षा सम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी छन्।

असार १ देखि सुरु भएको कार्यशाला असार १५ सम्म चल्नेछ। कार्यशाला राइटर्स ईन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको हो।

कार्यक्रमका सभापति एवम् विद्यालय प्रधानाध्यापक गंगाबहादुर महतले विद्यालयमा १५ दिने अभिनय कार्यशालामा विद्यार्थीहरुलाई सहभागी गराउन पाउँदा उत्साहित भएको बताए। यस्तो कार्यशालाले विद्यार्थीको शैक्षिक ज्ञान मात्र नभई कलात्मक, रचनात्मक, र ब्यावहारिक रुपमा पनि सक्षम हुने उनको भनाइ थियो।

अभिनय कार्यशालाले बिद्यार्थीको व्यक्तित्व बिकासमा महत्वपूर्ण भूमिका खेल्ने सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाबहादुर बरालले बताए।

नेपाल संगीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ एवम् नाटक प्रशिक्षक पुरू लम्सालले स्थानीय स्तरमा हुने यस्ता कार्यक्रमहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान जोडिन पाएको खुसी व्यक्त गरे। कला र संस्कृतिका क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नु पर्ने कुरामा जोड दिँदै उनले भाइबहिनीहरूलाई यो छोटो समयको प्रशिक्षणले आफूभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिन अनुरोध गरे।

प्रकाशित: २ असार २०८२ ११:१० | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast