गजल प्रवर्द्धन केन्द्र नेपाल घोषणा

हिमाल प्रेस १ असार २०८२ २१:४१ | Sunday, June 15, 2025
गजल प्रवर्द्धन केन्द्र नेपाल घोषणा

काठमाडौँ- नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ गजल प्रवर्द्धन केन्द्र, नेपाल घोषणा गरिएको छ। यहाँ आज (आइतबार) आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गरेका थिए।

समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र संगीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवर्द्धन केन्द्र अरूभन्दा पृथक रहेको बताए। नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट ‘मोती गजल पुरस्कार’ स्थापनाको माग सम्बोधनका लागि आफूले प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

कुलपति राईले गजल प्रवर्द्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनका लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रमलाई प्रतिष्ठानले भरपुर सहयोग गर्ने आश्वासन दिए।

सो अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ गजलकारद्वारा लिखित संयुक्त गजलसङग्रह ‘साधना’को विमोचन गरिएको थियो।

प्रकाशित: १ असार २०८२ २१:४१ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast