इरान–इजयारलबीच जारी संघर्षमा अमेरिकाको कुनै भूमिका छैन : ट्रम्प

हिमाल प्रेस १ असार २०८२ १९:१५ | Sunday, June 15, 2025
इरान–इजयारलबीच जारी संघर्षमा अमेरिकाको कुनै भूमिका छैन : ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी संघर्षमा अमेरिकाको कुनै भूमिका नरहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा यस्तो बताएका हुन्।

‘इरानमाथि भएको आक्रमणमा अमेरिकाको कुनै भूमिका छैन,’ उनले भनेका छन्,‘हामी इरान र इजरायलबीच सजिलै एउटा सम्झौता गराउनसक्छौँ र जारी संघर्षलाई अन्त्य गर्न सक्छौँ।’

यसअघि इरानले अमेरिकालगायतका मुलुकहरूलाई तेहरानको जवाफी आक्रमणलाई रोक्न इजरायलको मद्त नगर्न चेतावनी दिएको थियो।

राष्ट्रपति ट्रम्पले भने इरानले अमेरिकामाथि आक्रमण गरे परिणाम भोग्न तयार रहने चेतावनी दिएका छन्।

‘इरानको तर्फबाट अमेरिकामाथि कुनै आक्रमण भए, यसको जवाफ अमेरिकी सेनाले पूर्ण शक्तिका साथ दिनेछ,’ उनले भनेका छन्,‘यसअघि कहिल्यै नदेखेको जवाफ सेनाले दिनेछ।’

प्रकाशित: १ असार २०८२ १९:१५ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast