योग्यता र निष्पक्षताको प्रतीक बनोस् लोक सेवा आयोग : प्रधानमन्त्री ओली

हिमाल प्रेस १ असार २०८२ १५:१२ | Sunday, June 15, 2025
योग्यता र निष्पक्षताको प्रतीक बनोस् लोक सेवा आयोग : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्नेमा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन्। आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे।

‘नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री ओलीले भने,‘आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ। सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ।’

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १ असार २०८२ १५:१२ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast