थप आन्दोलन गर्ने सुनचाँदी व्यवसायीको चेतावनी

हिमाल प्रेस ३० जेठ २०८२ १५:५५
थप आन्दोलन गर्ने सुनचाँदी व्यवसायीको चेतावनी

विराटनगर- आन्दोलनरत सुनचाँदी व्यवसायीले सरकारले दुई प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरु सिमावर्ती भारतिय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।

उनीहरुले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैया भन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्तामाथि अनावश्यक कर थोपरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगबानीले बताए।

सुनचाँदी व्यवसायीहरुले सरकारले सुन खरिदमा लगाएको कोटा प्रणालीका कारण पनि सुनचादी महँगिएको र सुन तस्करी बढेको समेत बताएका छन्। आफूहरूले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी उनीहरूको छ।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गर्दै देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आह्वानमा व्यवसायीहरू बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा जिल्लास्थित सुनचाँदी व्यवसायीका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित: ३० जेठ २०८२ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast