हिमालप्रेसकर्मी दवाडीलाई देउवाले गरे सम्मान

हिमाल प्रेस २९ जेठ २०८२ १७:१२ | Thursday, June 12, 2025
हिमालप्रेसकर्मी दवाडीलाई देउवाले गरे सम्मान हिमालप्रेसकर्मी रमेश दवाडीलाई सम्मान गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी। तस्बिर : हिमालप्रेस

काठमाडौँ- हिमालप्रेसकर्मी रमेश दवाडी सम्मानित भएका छन्। दवाडीलाई नेपाल शिक्षक संघले राजधानीमा बिहीबार आयोजित २४ औँ संघीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन्।

नेपाल शिक्षक महासंघले २०८१ चैत २० देखि २०८२ वैशाख १७ गतेसम्म काठमाडौँमा सञ्चालन गरेको शिक्षक आन्दोलन पत्रकारिताका माध्यमबाट निष्कर्षमा पुर्‍याएबापत दवाडीलाई सम्मान गरिएको जनाएको छ। सभापति देउवाले उनलाई कदरपत्र र नगदसहित सम्मान गरेका थिए।

कार्यक्रममा पत्रकारहरू नारायण किलम्बू, सबिना कार्की र टंकप्रसाद जोशी  सम्मानित भएका थिए।

प्रकाशित: २९ जेठ २०८२ १७:१२ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast