संसद्को गतिरोध : छलफलमा जुटे सभामुख घिमिरे र माओवादी अध्यक्ष प्रचण्ड

हिमाल प्रेस २९ जेठ २०८२ १५:३० | Thursday, June 12, 2025
संसद्को गतिरोध : छलफलमा जुटे सभामुख घिमिरे र माओवादी अध्यक्ष प्रचण्ड तस्बिर स्रोत : सभामुखको सचिवालय

काठमाडौँ- प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन्। सभामुखको कार्यकक्षमा घिमिरे र प्रचण्डबीच छलफल भएको हो।

जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक अझै सञ्चालनमा आउन सकेको छैन। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी दलको छ। प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीकमा सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।

 

प्रकाशित: २९ जेठ २०८२ १५:३० | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast