विधेयकमाथि छलफल गर्न ३१ गते शिक्षा समिति बैठक

हिमाल प्रेस २८ जेठ २०८२ १०:४७ | Wednesday, June 11, 2025
विधेयकमाथि छलफल गर्न ३१ गते शिक्षा समिति बैठक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति। फाइल तस्बिर।

काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबारसम्म सबै सरोकारवालासँग छलफल सक्ने र त्यसको भोलिपल्ट जेठ ३१ गते शनिबार समिति बैठक बस्ने तयारी गरेको छ।

‘निजी विद्यालय र प्रारम्भिक बाल विकास (ईसीडी) सम्बन्धी सरकारको स्पष्ट धारणा आउनुपर्छ भनेर आग्रह गरेका छौँ,’ समितिका सभापति अम्मरबहादुर थापाले हिमालप्रेससँग भने, ‘३१ गते समिति बैठक बस्छ।’

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक असार १५ मा प्रतिनिधिसभामा पुर्‍याउनुपर्नेछ। ‘अब पाँचदेखि सातवटा बैठकमा विधेयकका विषय टुंग्याउनुपर्छ। त्यसका लागि निरन्तर बैठक बस्नुपर्छ,’ थापाले भने, ‘दिनको दुई घण्टा बैठक गरेर असार १५ भित्र टुंगो लगाउन सकिँदैन।’

शिक्षक महासंघले तोकिएको म्यादभित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्,‘१७ वैशाखमा सरकारसँग भएको सहमतिअनुसार विधेयक प्रतिनिधिसभामा नपुगे आन्दाेलन सुरु हुन्छ।’

गत २० चैतदेखि २९ दिनसम्म काठमाडौँमा आन्दोलन गरेका शिक्षकहरूले १७ वैशाखमा असार १५ मा  विधेयक संसद् पुर्‍याउने सहमतिपछि आन्दोलन स्थगित गरेका थिए।

डेडलाइन असार १५ : शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन ‘असम्भव’

प्रकाशित: २८ जेठ २०८२ १०:४७ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast