देउकी प्रथामा आधारित ‘मोहर’ को टिजर सार्वजनिक

हिमाल प्रेस २७ जेठ २०८२ १६:५४ | Tuesday, June 10, 2025
देउकी प्रथामा आधारित ‘मोहर’ को टिजर सार्वजनिक

काठमाडौँ- देउकी प्रथामा आधारित फिल्म ‘मोहर’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट १८ सेकेन्डको टिजर ‘देउकी’ प्रथामा केन्द्रित छ।

फिल्ममा बेनिशा हमाल, पल शाह र बाल कलाकार सारा शर्मा मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा र नविन खतिवडाको अभिनय छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिलम आगामी साउनको २३ देखि प्रदर्शन हुनेछ। फिल्म मेकर्स को प्रस्तुतिमा रहेको निर्माता चुम्बन जंग शाही हुन्।

फिल्म दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको एक्सन निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीतमा बनेको छ।

यस्ताे छ टिजर

प्रकाशित: २७ जेठ २०८२ १६:५४ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast