‘द भ्वाइस किड्स’ को चौंथो सिजन ३० जेठदेखि प्रसारण, प्रोमो सार्वजनिक

हिमाल प्रेस २७ जेठ २०८२ १२:४६ | Tuesday, June 10, 2025
‘द भ्वाइस किड्स’ को चौंथो सिजन ३० जेठदेखि प्रसारण, प्रोमो सार्वजनिक

काठमाडौँ- गायन रियालिटी सो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको प्रोमो सार्वजनिक भएको छ।

प्रोमोमा एक प्रतियोगीले भजन शिरोमणी भक्तराज आचार्यको चर्चित गीत ‘मुटु जलिरहेछ’ बोलको गीत गाइरहेका छन्। गीत सुनेर उनका छोरा सत्यराज आचार्य भावुक बनेको देखाइएको छ। उनी यही सिजनबाट कोचको रूपमा भ्वाइस टिमसँग जोडिएका छन्।

चौथो सिजनको कोचमा गायक सत्यराज आचार्य, खेम सेञ्चुरी, गायिका मिलन नेवार र मेलिना राई रहेका छन्।

सो यही ३० जेठदेखि सो प्रसारण गर्ने टिमले बताएको छ। साताको प्रत्येक दिन शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभी प्रसारण हुनेछ।

यस्ताे छ प्राेमाे

प्रकाशित: २७ जेठ २०८२ १२:४६ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast