कञ्चनजंघा हिमाल आरोहणमा सहभागी टोलीलाई प्रधानसेनापतिले गरे सम्मान

हिमाल प्रेस २३ जेठ २०८२ २०:२८
14
SHARES
कञ्चनजंघा हिमाल आरोहणमा सहभागी टोलीलाई प्रधानसेनापतिले गरे सम्मान

काठमाडौँ- नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण-२०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागी नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।

टोलीमा सहभागी अधिकृत, पदिक तथा अन्य दर्जाका १० जना र केन्द्र एवं बेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रशंसा निसानले सम्मान गरेका हुन्।

संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीमध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले २०८२ जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेका थिए।

प्रकाशित: २३ जेठ २०८२ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast