नागरिकता संशोधन विधेयक : संशोधनकर्तासँग सकियो छलफल, एनआरएनए र गोर्खासँग बाँकी

हिमाल प्रेस २३ जेठ २०८२ १३:१९
26
SHARES
नागरिकता संशोधन विधेयक : संशोधनकर्तासँग सकियो छलफल, एनआरएनए र गोर्खासँग बाँकी

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक-२०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए।

आजको बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित संगठनका पदाधिकारीसँग छलफल गरिने बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुंग्याएर सदनमा पठाउन आग्रह गरे।

‘यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौँ’,उनले भने।

प्रकाशित: २३ जेठ २०८२ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast