राज्य व्यवस्था समितिमा हरि ढकाल निर्वाचित

हिमाल प्रेस ४ वैशाख २०८३ १५:०९ | Friday, April 17, 2026
16
SHARES
राज्य व्यवस्था समितिमा हरि ढकाल निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्।

सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

यसअघि ढकालले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गरेका थिए।

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने बताए। विभिन्न कारणले यसअघि समितिहरूले काम गर्न नसक्ने अवस्थाको अब अन्त्य हुने उनको भनाइ छ।

उनले अहिलेको स्थिर सरकारलाई सघाउँदै र स्थिरतालाई कायम राख्न समितिको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।

नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका उजुरीहरूलाई पनि प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्त्वपूर्ण विधेयकहरूमाथिको छलफललाई पनि प्रभावकारी बनाइने उल्लेख गरे।

प्रकाशित: ४ वैशाख २०८३ १५:०९ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast