 
                             
                                            काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सिमोस सुनुवार हुन्।
फिल्मले गाउँघरमा हराउँदै गएको जन्ती परम्परा, टपरीमा भोज खाने संस्कृति र रीतिरिवाजलाई रोमान्टिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा समावेश ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ बोलको गीत पनि चर्चित छ।
प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन्।
Jक्युएफएक्स सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिटिसी मल, एफक्युब, विश्वज्योति सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, वान सिनेमाज, आइएनआइ सिनेमाजलगायत देशैभरका हलमा फिल्मको सो छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 