सुनसरीमा खस्यो ६३ प्रतिशत मत

हिमाल प्रेस ४ मंसिर २०७९ १९:२२ | Sunday, November 20, 2022
सुनसरीमा खस्यो ६३ प्रतिशत मत

इटहरी– सुनसरीमा कूल ३ लाख ४६ हजार ६९३ मत खसेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै गरेर ३ लाख ४६ हजार ६९३ मत खसेको हो। प्रजिअ यादवका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन्।

आइतबार भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतदानमा जिल्लाभर ६३.६ प्रतिशत मत खसेको उनले जानकारी दिए। आइतबार नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ।
सुनसरीमा १ लाख ६९ हजार २ सय ३५ जना पुरुष, १ लाख ७७ हजार ४ सय ५४ जना महिला र ४ जना अन्य मतदाताले मत खसालेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १९:२२ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast