माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति : महेश बर्तौला

हिमाल प्रेस २२ जेठ २०८२ १९:५७
30
SHARES
माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति : महेश बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद् अवरुद्ध हुन पुगेको बताएका हुन्।

उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रूपमा सदन चल्न विपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे। बजेटका विषयमा सदनमा छलफल हुन नदिने कुरा गलत विषय भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे।

त्यस्तै उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाए। उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए।

उनले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast