
काठमाडौँ- राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित बैंकको प्रवक्ता तोकिएका छन्।
२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको राष्ट्र बैंकले जनाएको छ।
पण्डित भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। उनलाई बुधबारदेखि लागू हुने गरी प्रवक्ता तोकिएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: २१ जेठ २०८२ १५:४१
प्रतिक्रिया