भारतको सहयोगमा साँफेबगरमा निर्मित विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण

हिमाल प्रेस १७ जेठ २०८२ २१:५१ | Saturday, May 31, 2025
भारतको सहयोगमा साँफेबगरमा निर्मित विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।

शनिबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति, अछामका प्रमुख जिल्ला अधिकारी ललितबहादुर कुँवर, मेयर राजेन्द्रबहादुर कुँवर र भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरूपमा विद्यालय व्यवस्थापनलाई भवन हस्तान्तरण गरेको हो।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड २४ लाख (नेरु) को लागतमा विद्यालय भवन निर्माण भएको हो।

विद्यालय भवनमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटरकक्ष, कर्मचारी कक्ष, प्रशासन शाख, प्रधानाध्यापककक्ष, पुस्तकालय, लेखा शाखा, शौचालय रहेका छन्।

त्यस्तै अनुदान सहयोग फर्निच र कम्प्युटर खरिदमा पनि उपयोग गरिएको काठमाडौँस्थित भारतीय दूतवासले जनाएको छ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको र जिल्ला समन्वय समिति अछाममार्फत कार्यान्वयन गरिएको थियो।

नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ६५ प्रतिशत छात्रा रहेको बताइएको छ।

जिल्ला समन्वय समिति, नगरपालिका, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाले भारत सरकारले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अगाडि बढाएको र ४९४ परियोजनाहरू सम्पन्न गरिसकेको दूतावासले जनाएको छ।

प्रकाशित: १७ जेठ २०८२ २१:५१ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast