‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

हिमाल प्रेस १६ जेठ २०८२ २१:१९ | Friday, May 30, 2025
‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ फाइल तस्बिर / सिन्ह्वा

काठमाडौँ– संयुक्त राष्ट्रसंघले सम्पूर्ण प्यालेस्टिनी अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको जनाएको छ।

करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो।’

इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उनले भने, ‘यो एक देश वा देशभित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसंख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसंख्या अनिकालको जोखिममा छ।’

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजापट्टीमा मानवीय सहायता पु¥याउन संयुक्त राष्ट्रसंघले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गरे।

इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकाबन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ।

लार्कका अनुसार इजरायली नाकाबन्दी आंशिक रुपमा हटेपछि ९०० ट्रक मानवीय सहायताका ट्रकलाई गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिइएको छ।

तर अहिलेसम्म गाजातर्फ ६०० वटा ट्रकमात्र उतारिएका छन् र सुरक्षाका कारण थोरै संख्यामा ट्रक लोड गरिएको छ।

‘सीमित संख्यामा ट्रकहरू आइरहेका छन्। यो न्यूनतम खानाको आवश्यकता पूर्ति गर्ने आपूर्ति हो,’ लार्कले भने। –रासस/एएफपी

प्रकाशित: १६ जेठ २०८२ २१:१९ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast