इस्टूको राष्ट्रिय महाधिवेशन शनिबारदेखि

हिमाल प्रेस १६ जेठ २०८२ ६:२८
20
SHARES
इस्टूको राष्ट्रिय महाधिवेशन शनिबारदेखि

काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू) का कार्यवहाक महासचिव भूपाल उप्रेतीले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पेसागत हकहित र सुरक्षाको सवालमा केन्द्रित हुँदै भोलि शनिबारदेखि राष्ट्रिय महाधिवेशन सुरु हुने बताएका छन्।

उनका अनुसार इस्टूको गौरवपूर्ण सातौं राष्ट्रिय महाधिवेशन-२०८२ लाई सफल पार्दै शिक्षक-कर्मचारीहरूको न्यायपूर्ण आवाजलाई अझ सशक्त बनाउनु महाधिवेशन महत्त्वपूर्ण हुनेछ।

महासचिव उप्रेतीले सम्पूर्ण शिक्षक तथा कर्मचारी, पत्रकार, अभिभावक तथा शिक्षाप्रेमीहरूलाई उक्त महाधिवेशनमा उपस्थितिका लागि अनुरोधसमेत गरेका छन्।

‘हामी सबैको ऐक्यबद्धता र सक्रिय सहभागितामार्फत मात्र हाम्रो पेसागत अधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ,’ उप्रेतीले भने।

प्रकाशित: १६ जेठ २०८२ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast