४१ अंकले घट्यो नेप्से

हिमाल प्रेस २८ पुष २०७९ १५:१३ | Thursday, January 12, 2023
४१ अंकले घट्यो नेप्से

काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४१ अंकले घटेको छ। २२२३.८४ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै परिसूचक २१४९.४१ बिन्दुमा ओर्लिएको छ।

आज १८४ कम्पनीको सेयर मूल्य घटेको छ। २१ कम्पनीको मूल्य बढ्यो भने एउटा कम्पनीको स्थिर रह्यो। बिहीबार कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआईबीएल समृद्धि फन्डको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट अग्रस्थानमा छ। यसको २२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। रिडी पावर कम्पनीको १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ।

आज २२५ कम्पनीको कारोबार हुँदा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार व्यापार उपसमूहको सूचक ०.६६ प्रतिशतले बढेको छ, बाँकी सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: २८ पुष २०७९ १५:१३ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast