गृहमन्त्री लेखकको दाबी- भिजिट भिसा प्रकरणमा म संलग्न छैन

हिमाल प्रेस १४ जेठ २०८२ १७:१९ | Wednesday, May 28, 2025
गृहमन्त्री लेखकको दाबी- भिजिट भिसा प्रकरणमा म संलग्न छैन

काठमाडौँ-  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र गरिएको बताए।

‘भिजिट भिसा विषयमा सामाजिक सञ्जालमार्फत मेरो संलग्नता देखाउन खोजिएको छ जुन सरासर गलत हो,’ उनले भने, ‘म यसको कुनै पनि प्रक्रियामा संलग्न छैन।’

उनले आफ्नो विरुद्ध नियोजित ढंगले हमला गरिएको बताए। उनले भने,‘मलाई लक्षित गरी षड्यन्त्रपूर्वक आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित भएको छ र यो क्रम अझै जारी छ भन्ने मैले अनुभव गरेको छु।’

प्रकाशित: १४ जेठ २०८२ १७:१९ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast