एमालेले विपद् व्यवस्थापनमा पार्टीपंक्तिलाई सक्रिय गराउने

हिमाल प्रेस १४ जेठ २०८२ १६:५२ | Wednesday, May 28, 2025
एमालेले विपद् व्यवस्थापनमा पार्टीपंक्तिलाई सक्रिय गराउने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टीपंक्तिलाई  परिचालित गर्ने भएको छ।

विभाग प्रमुख खिमलाल भट्टराईले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टीपंक्तिलाई परिचालन गर्न लागेको जानकारी दिए।

उनका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्वतयारी र सचेतनाका कार्यलाई प्राथमिकता दिने, केन्द्रमा विपद्सँग सम्बन्धित केन्द्रीय संरचना र जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अंगसँग समन्वय र सहकार्य गरी बाढीपहिरो र डुबान जोखिम न्यूनीकरणका पक्षमा पहलकदमी गर्ने, रेडक्रससहित उद्धार तथा राहतका क्षेत्रमा काम गर्ने संघसंस्थाको पहिचान गर्ने र आवश्यकताअनुसार सहयोगको वातावरण निर्माण गर्ने पक्षमा विभाग क्रियाशील रहेको छ।

त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन हरसम्भव प्रयत्न गर्ने, बाढीपहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुनर्निर्माणमा तत्परता देखाउनेलगायतका समन्वयकारी भूमिकासहित व्यवस्थापकीय कामलाई पार्टीले प्राथमिकता दिएको नेता भट्टराईले जानकारी दिए।

कार्ययोजनामा जिल्लामा स्थानीय विपद्सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणको बन्दोबस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोबाइल, टेलिफोनसँग सम्बन्धित सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसंगठनलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धमा आवश्यक स्वयंसेवक तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता जनताको सम्पर्कमा रहने तथा मौसमसम्बन्धी पूर्वजानकारी लिइ समयमै पार्टीपङ्क्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुरा पनि कार्ययोजनामा उल्लेख छ।

विपद् व्यवस्थापन विज्ञ डा.वसन्तराज अधिकारीले विपद्द्वारा सिर्जित जोखिम व्यवस्थापनबारे अवधारणा पत्र प्रस्तुत गर्दै विगतको तुलनामा यस वर्ष वर्षासँगै तापक्रम वृद्धि हुने देखिएकाले सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकार, समग्र पार्टी संयन्त्र, नागरिक समाज र आमजनता सचेत र सजग हुनुपर्ने खाँचो औँल्याए।

प्रकाशित: १४ जेठ २०८२ १६:५२ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast