नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा [सूचीसहित]

हिमाल प्रेस २८ पुष २०७९ १४:४५ | Thursday, January 12, 2023
नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका १७ जना डीआईहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले डीआईजीहरूको काज सरुवा गरेको हो। काज सरुवाअनुसार सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्। प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ सरुवा भएका छन्।

यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालय सरुवा भए। मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन्। कर्णाली प्रदेशका पोषराज पोखरेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन्।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन्। अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन्। गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन्।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए। त्यहाँ विमानस्थलमा किरण राणा पुगेकी छन्। विशेष ब्यूरोमा सुदीप गिरी सरुवा भएर आएका छन्।

 

प्रकाशित: २८ पुष २०७९ १४:४५ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast